काठमाडौँ । श्रम संस्कृति पार्टीले आफ्ना संगठनात्मक कार्यक्रमहरूमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा राख्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।
पार्टीको कोशी प्रदेश कमिटीले एक परिपत्र जारी गर्दै पार्टीका हरेक गतिविधि र प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्बिर छुटाउन नहुने उर्दी जारी गरेको हो ।
कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा हस्तान्तरण गरिएको पत्रमा अध्यक्ष साम्पाङलाई ‘श्रद्धेय श्रम पिता’ को रूपमा सम्बोधन गरिएको छ ।
“श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश (कोशी) मातहतमा रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा र टोलभित्र गरिने जुनसुकै कार्यक्रमको ब्यानर तथा प्रचार–प्रसार सामग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्नु, गराउनु हुन अनुरोध गर्दछौँ ।“
