काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली को गुण्डुस्थित निवासमा जारी रहेको छ ।
शुक्रबार सुरु भएको बैठक शनिबार पनि निरन्तर चलेको थियो भने नेताहरूले आफ्ना धारणा राख्ने क्रम नसकिएपछि आइतबार पनि बैठक बसिरहेको हो ।बैठकमा उठेका विषय र प्रश्नहरूको जवाफ अध्यक्ष ओलीले आज दिने कार्यक्रम रहेको छ । यसअघि बैठकमा सहभागी अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीप्रति आलोचनात्मक धारणा राखेका थिए