काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्नेछ ।
बैठकमा सचिवालय सदस्यहरुले धारणा राख्नेक्रम आज पनि जारी रहने छ । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार आज सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई, खगराज अधिकारीलगायतले धारणा राख्नेछन् ।
गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् । १९ सदस्यीय सचिवालयमा अहिलेसम्म १० जना सदस्यहरूले अहिलेसम्म पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका छन् ।
विगतमा ओली पक्षमा खरो देखिएका उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेललगायत नेताहरूले पनि पार्टी पुनर्गठनमा जोड दिएका छन् ।