काठमाडौँ । पूर्वमन्त्री सुदन किराँती हर्क सम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारी अन्तिम चरणमा पुगेका छन् ।
यसैबीच हर्क साम्पाङले एकतालाई लिएर आइरहेका विभिन्न अफवाहलाई चिर्दै किराँती पार्टीमा जोडिइसकेको बताएका हुन् ।
उनले संजालमा लेखेका छन्, ‘सुदन किराती ज्यु श्रम संस्कृतिको खम्बा बनेर जोडिइसक्नुभएको छ । यो, त्यो भनेर अफवाह नफैलाउनू ।’
वरिष्ठ नेताको रुपमा सुदन श्रम संस्कृतिमा जाने हल्ला चले पनि अहिलेसम्म औपचारिक घोषणा भने भइसकेको छैन ।