काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। बुधबार बिहान ११ बजे सभापति थापा र उपसभापति शर्मा खड्कालाई भेट्न उनको निवास गोल्फुटार पुगेका थिए।
करिब डेढ घण्टा चलेको उक्त भेटवार्तामा पार्टीको आन्तरिक सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा गहन छलफल भएको नेता खड्काको सचिवालयले जनाएको छ।
विशेष महाधिवेशनपश्चात् पार्टीभित्र देखिएका केही प्राविधिक र वैधानिक अस्पष्टताहरूलाई चिर्दै सबै पक्षलाई समेटेर अगाडि बढ्ने विषयमा नेताहरूबीच संवाद भएको बुझिएको छ। पछिल्लो समय सभापति थापाले पार्टीका पुराना र अनुभवी नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। यसै सिलसिलामा उनले मंगलबार मात्रै नेता डा. शेखर कोइरालालाई भेटेका थिए।