काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले त्रिशुली नदी लगायतका नदिमा भइरहेको अव्यवस्थित नदीजन्य सामग्रीको उत्खन्न रोकिनुपर्नेमा जोड दिएकी छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अव्यवस्थित उत्खनले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय जनतामा प्रत्यक्ष असर परेको बताइन्। उनले वैज्ञानिक दृष्टिकोण अपनाएर दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकतामा पनि जोड दिइन्। सांसद तामाङका अनुसार, नदिहरूमा अनियन्त्रित उत्खनन रोकिएमा मात्र वातावरण संरक्षण र समुदायको हित सुनिश्चित गर्न सकिन्छ। उनले सरकारसँग यस विषयमा तत्काल प्रभावकारी नीति र नियम लागू गर्न अनुरोध गरेकी छन्।