काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन्।
प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका हुन । प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका बताइएको छ ।
प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। बाँकी पनि नियुक्ति गरिने बताइएको छ ।