काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) नेतृत्वमा अबको केहि दिनमा नयाँ सरकार गठन हुँदैछ । त्यसको लागि बालेन मन्त्री चयनबारे आन्तरिक छलफल जुटिसकेका छन् । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको छ।
प्रधानमन्त्रीका उम्मेदवार शाह अहिले क्याबिनेट गठन र पदभार ग्रहण गरेपछि अघि बढाइने कामहरूको तयारीमा जुटेका छन्। प्रारम्भिक समझदारी अनुसार अर्थमन्त्रीमा पार्टी उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त हुने लगभग निश्चित छ। त्यस्तै, परराष्ट्रमन्त्रीमा विदेश विभाग प्रमुख शिशिर खनाल रहने सम्भावना उच्च रहेको छ।
शाह नेतृत्वको मन्त्रिपरिषद् अधिकतम १४ सदस्यीय हुने बताइएको छ। जसमा सम्भावित मन्त्रीहरूको सूचीमा डीपी अर्याल, सुदन गुरुङ, सस्मित पोखरेल, सुनिल लम्साल, मिग्मा डेभिड शेर्पा र अमरेश सिंह रहेका छन्। त्यसैगरी, विराजभक्त श्रेष्ठ, प्रतिभा रावल, सोविता गौतम,आशिष गजुरेल,सागर ढकाल, डा. तारा जोशी, दिपक बोहोरा,मनिष झालगायत पनि मन्त्री बन्ने सम्भावित सूचीमा छन्।