काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेपछि नेपाली कांग्रेसभित्र आन्तरिक छलफल तीव्र भएको छ ।
सोमबार मात्रै पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माबिच भेटवार्ता भएको छ। नयाँ बानेश्वरमा सुरु भएको दुई शीर्ष नेताबिचको छलफलमा सभापति थापाले पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी रहेको जानकारी गराएको बताइएको छ।
थापाले आफूले पार्टीको पराजयको जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गर्नु उचित हुने धारणा व्यक्त गरेका छन् । तर उपसभापति शर्माले भने सभापतिले तत्काल राजीनामा नदिन सुझाव दिएका छन् ।
उनले निर्वाचनको परिणामलाई केवल व्यक्तिको कमजोरीका रूपमा नभई समग्र परिस्थितिको परिणामका रूपमा बुझ्नुपर्ने बताएका छन् ।