काठमाडौँ । अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार डा. भीम बहादुर रावलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।
रावलले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार निर्वाचन अभियानका क्रममा ११ लाख ९९ हजार ६२७ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् । रावलले विभिन्न शीर्षकमा निर्वाचन प्रचारप्रसारका क्रममा उक्त रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेका हुन ।
अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र न १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पराजय भोगेका थिए । उनी नेपाली काङ्ग्रेसका भरत कुमार स्वार सँग पराजय भोगेका हुन । नेपाली काङ्ग्रेस स्वारले १० हजार ७५९ मत ल्याएर विजय भएका थिए, भने रावलले १० हजार २३३ मत ल्याएर पराजय भएका थिए ।
