काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ बाट नव निर्वाचित सांसद बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्। २५ गते जिल्ला निर्वाचन कार्यालय, झापामा बुझाइएको विवरण अनुसार उनले निर्वाचनमा खर्च १४ लाख १७ हजार २ सय ८९ रुपैयाँ खर्च गरेको विवरण बुझाएको हो ।
उम्मेदवारका निर्वाचन प्रतिनिधि नविन भण्डारीले हस्ताक्षर गरी बुझाएको खर्च विवरण अनुसार निर्वाचन अभियानको क्रममा सबैभन्दा धेरै रकम वडा स्तरीय प्रचार कार्यक्रम र घरदैलो अभियानमा खर्च भएको छ। २९ वटा वडामा सञ्चालित १५ दिने घरदैलो कार्यक्रमका लागि मात्र ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
वडा स्तरीय प्रचार घरदैलो कार्यक्रममा बालेन शाहले ५ लाख ८० हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजिनिक गरेको हो । भने, सवारी साधन भाडा खर्च २ वटा सवारी साधानमा २ लाख ९३ हजार ८०० रुपैयाँ सार्वजनिक गरेको छ
प्रचार प्रसार सामग्री छपाई ममा २ लाख ७६ हजार ८४९, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख ४२ हजार ८२०, नमुना मतपत्र छपाईमा ४९ हजार ८५० खर्च गरेको हो
उक्त निर्वाचन खर्च विवरण प्रचलित निर्वाचन कानुन बमोजिम जिल्ला निर्वाचन कार्यालय, झापामा दर्ता गरी सार्वजनिक गरिएको हो।

