काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४१ लाख मत कटाएको छ । सोमबार १२ बजेसम्म रास्वपाले ४१ लाख २७ हजार १५७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ८४ हजार ५६४ मत प्राप्त गरेको छ । नेकपा (एमाले) ११ लाख ६७ हजार ९६५ मत ल्याएर तेस्रो स्थानमा छ । (नेकपा) चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ६ लाख ४ हजार ९४३ मत पाएको छ ।
श्रम संस्कृतिले दुई लाख ९९ हजार ३७ मत पाएको छ । राप्रपाले दुई लाख ८० हजार ३५ मत ल्याएको आयोगले जनाएको छ ।जनता समाजवादी पार्टी नेपालले एक लाख २९ हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख २३ हजार ६२१ मत पाएको छ । समानुपातिकतर्फ कुल एक करोड नौ लाख मत खसेको आयोगले जनाएको छ ।