काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेलाई बधाई दिएका हुन् । उनले आफ्नो पक्षमा मत दिने मतदाताप्रति आभार पनि व्यक्त गरेका छन् ।
घिसिङले आफूलाई विश्वास गरेर मत दिएका क्षेत्रका मतदाताप्रति कृतज्ञता प्रकट गर्दै मतदाताले देखाएको माया र विश्वास सधैं प्रेरणाको स्रोत रहने बताएका छन्।
उनले निर्वाचनको परिणाम जस्तोसुकै भए पनि क्षेत्रको समग्र विकास, सुशासन र समृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।