काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट धनुषा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार साहको बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको बताए ।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मातृका प्रसाद यादव उम्मेदवार रहेका छन्।