चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौंडा सिमेन्ट कारखानाजस्तै बन्द हुने अवस्थामा पुगेकाले अब चलाउनुपर्ने बताएका छन्।
शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश उक्त सिमेन्ट उद्योग जस्तो बन्द हुने अवस्था भएको भन्दै वाइवाइ उद्योगजस्तो चल्नुपर्ने बताएका हुन्।
‘हाम्रो देश हेटौंडा सिमेन्ट कारखाना जस्तै भएको छ। मेसिन पनि छ। मेनपावर पनि छ, खानी पनि छ। तर बन्द। अब चल्नुपर्यो। नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुपर्यो, अब त्यो पनि। पूरै देशभरी चल्नुपर्यो। बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौं हामी,’ उनले भने।
उनले पार्टी सभापति रवि लामिछाने नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गरे।