काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार विनोद चौधरीले क्षेत्रको दीर्घकालीन विकास र समुन्नतिलाई केन्द्रमा राख्दै विस्तृत प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । आफ्नो तीन वर्षे कार्यकालको ‘रिपोर्ट कार्ड’ केही समय अघि सार्वजनिक गरेका चौधरीले अबको कार्यदिशा, प्राथमिकता र कार्यान्वयन रणनीतिसहितको प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले देशको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति, ‘जेन जी’ आन्दोलनपछि चर्किएको परिवर्तनको माग तथा नवलपरासी पश्चिमका मतदाताको अपेक्षालाई सम्बोधन गर्ने उद्देश्यले प्रतिज्ञापत्र तयार गरिएको जनाएका छन् । प्रस्तुत प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग–व्यवसाय, पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलगायत क्षेत्र समेटिएको छ।