काठमाडौं । नेपाली कांग्रेसले आज शुक्रबार पोखरा र बुटवलमा चुनावी सभा गर्दै छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित सभा गर्न लागिएको हो । पोखराको अमरसिंह चौरमा दिउँसो १ बजे सभा आयोजना गरिएको छ । सभामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कांग्रेस कास्कीले जनाएको छ ।
यही दिन रुपन्देहीको बुटवलमा पनि चुनावी सभा आयोजना गरिएको छ । बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसबाहिरको खुला चौरमा सभा गरिने कांग्रेसले जनाएको छ । यो सभामा पनि थापा र शर्माले सम्बोधन गर्ने तय छ । कांग्रेसले यसअघि बिहीबार सुर्खेतमा चुनावी सभा गरेको थियो ।