काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले उम्मेदवार छनोटमा सबैलाई समेट्न आफ्नो प्रयास रहेको बताएका छन्। सोमबार भिडिओ सन्देशमार्फत् सभापति थापाले कांग्रेस उम्मेदवार छान्ने अन्तिम चरणमा रहेको बताएका हुन्। आफू जिम्मेवारीमा आउनुभन्दा अगावै तलबाट उम्मेदवार सिफारिस भएर आएको पनि उनले बताएका छन्।