काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह झापा–५ मा उम्मेदवार बन्ने तयारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनका लागि भाडामा घर खोजेको छ ।
रास्वपा झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर टुंगो लागिसकेको छ। अर्को एउटा घर पनि खोजिरहेको पाठकले जानकारी दिए। एउटा घर आवास प्रयोजनका लागि र बाँकी दुई वटा सम्पर्क कार्यालयका लागि बुझिएको छ ।
चुनाव लड्ने भएपछि उनले बालेनले माघ ४ गते मेयरबाट राजीनामा दिने छन्। राजीनामा दिएर बालेन रास्वपाको पार्टी कार्यालय जाने भएका छन्।
त्यसपछि भोलिपल्ट माघ ५ गते जनकपुरमा पहिलोपटक रवि र बालेन संयुक्त रुपमा सार्वजनिक हुने र चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस्तै माघ ६ गते र्यालीसहित झापा ५ मा उम्मेदवारी दर्ता गर्ने बालेनको तयारी छ ।
त्यसपछ उनी देश दौडाहामा निस्कने जनाएको छ । झापा–५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। यस क्षेत्रमा ओली २०६४ मा बाहेक पराजित भएका छैनन्। यसकारण यश पटकको यहाँको निर्वाचनलाई अर्थपूर्णको रूपमा हेरिएको छ ।