काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट सङ्घीय चुनाव लड्ने भएका छन् । नागरिक उन्मुक्ति पार्टी नेपालबाट जाँतो चुनाव चिन्ह मार्फत चुनावी मैदानमा उत्रने भएका छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा रन्जिता श्रेष्ठ निर्वाचित भएकी थिइन् । २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट उनका श्रीमान् रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर भएपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारागारमा छन् । उनी जेलमा रहँदा नै उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग रेशम विवाद बढिरहेको थियो । सोही कारण नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका थिए । त्यस लगत्तै उनले नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी रहने भन्दै रेशम यति वेला मतदाताहरुसंग छलफलमा छन् ।
