काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेकी छन् । तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी २१ फागुनमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्ररूपमा उम्मेदवारी दिने जानकारी गराएकी हुन् ।
पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थन गरेको उनले बताइन् । दलगत राजनीतिमा नजोडिएर स्वतन्त्र धारामा अघि बढ्ने निर्णय गरेकी तामाङको भनाइ छ ।
‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु,’ उनले भनेकी छन् ।