काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी) काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचन लड्ने भएका छन् । रास्वपा काठमाडौँले अर्याललाई काठमाडौँ ९ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एकलमा सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।
रास्वपा काठमाडौँ जिल्ला क्षेत्रिय निर्वाचन समितिले उक्त निर्णय गरेको र आजै पार्टी केन्द्रिय कार्यालयलाई जानकारी दिने काठमाडौँ ९ का क्षेत्रीय सभापति जयराम अर्यालले जानकारी दिए ।
उनकाअनुसार यो क्षेत्रबाट निर्वाचन लड्नका लागि अर्यालबाहेक ४ जना नेताहरूको शुक्रबारसम्म आँकाक्षा प्रस्तुत गरेका थिए । सोही क्षेत्रबाट निर्वाचन लड्ने डिपी अर्यालको चाहना पछि अन्य आकांक्षीहरुले सर्वसम्मत रुपमा डिपी अर्याललाई समर्थन जनाएका हुन्।