काठमाडौँ । एमालेले पार्टी पंत्तिलाई अझै चुनावको भरपर्दो वातावरण नबनेको दाबी गर्दै जुनसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको छ। अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानी) जारी गर्दै संसद पुनःस्थापना नै अहिलेको निकासको बाटो भए पनि चुनावका लागि तयार रहन निर्देशन दिएका हुन्।
ओलीले आफ्नो पक्षमा चुनावी परिणाम नआउने भएपछि चुनाव बिथोल्ने षड्यन्त्र भइरहेको दाबी गरेको छ। ओलीले चुनाव वा संसद पुनःस्थपनाका लागि आन्दोलन दुवै अवस्थाका लागि तयार रहन आह्वान गरेका छन्।
एमालेले निर्वाचनका माध्यमबाट भदौ २३ र २४ गतेको विध्वंसलाई वैधता दिने योजना कमजोर बन्दै गएको दाबी गरेको छ। त्यस्तै ओलीले पार्टीका सदस्यहरुलाई सामाजिक सञ्जालमा सक्रिय हुन निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत पार्टीको पक्षमा बोल्ने कामलाई नियमित बनाउन ओलीले आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमाफर्त पार्टी र नेतृत्वको पक्षमा बोल्न राम्रा कामको प्रचार गर्न निर्देशन दिएका छन्।