काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।
केन्द्रीय कार्यालयमा जारी ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
मनोनयन भएका केन्द्रीय सदस्य
१. रञ्जु दर्शना
२. प्रकाशचन्द्र परियार
३. सुरज प्रधान
४. नवराज थापा
५. आशुतोष प्रधान
६. धनेज थापा
७. समीक्षा बास्कोटा