काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा अध्यक्षको उम्मेदवारी नदिएको बताएका छन् । बुधबार काठमाडौंमा पत्रकारहरुहरूसँगको अन्तरसंवादका क्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।
‘मैले उम्मेदवारी झोंकमा दिएको होइन, अध्यक्ष (केपी शर्मा ओली) लाई जानकारी गराएको छु। पार्टी बैठकमा पनि यो कुरा राखेको छु’, उनले भने, ‘पार्टीमा विचारबारे कुनै विवाद छैन। यस पटक महाधिवेशनका एजेन्डाहरू भएकाले छलफलका कुरा बाहिर आएका हुन्।’
पोखराले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ नगर्ने भने कम्युनिस्ट पार्टी पार्टी चल्न नसक्ने दाबी गरेका छन्। उनले पार्टी विधि र पद्धतिबाट चल्नुपर्ने बताउँदै सामूहिक नेतृत्वलाई अगाडि नबढाइए समस्या पर्ने पनिप बताएका छन् । पोखरेलले पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास हराउँदै गएको विषयसमेत उठाएका छन् ।