काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या टुङ्गो लागेको छ। पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका अनुसार कुल २ हजार ४६३ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।
समितिको शुक्रबार बसेको बैठकले निर्वाचित, विशेष क्षेत्र तथा पदेन गरी २ हजार १५४ प्रतिनिधि रहने व्यवस्था मिलाएको संयोजक काशीनाथ अधिकारीले जानकारी दिए। यससँगै पार्टी केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्य पनि महाधिवेशनमा सहभागी हुनेछन्। प्रतिनिधिको अन्तिम सूची निश्चित भएसँगै परिचयपत्र कार्ड छपाइको काम सुरु भएको समितिले जनाएको छ।