काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ नामक नयाँ राजनीतिक दल आज औपचारिक रूपमा घोषणा हुँदैछ । राजधानीको बालुवाटारस्थित टी–२१ प्यालेसमा आयोजना हुने समारोहमार्फत् दलले आफ्नो विधिवत् आरम्भ गर्न लागेको हो ।
पार्टीका प्रेस संयोजक सोबिन्द्र परियारका अनुसार घोषणा सभाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र कार्यक्रम आज मध्यान्ह १२ः०० बजे सुरु हुनेछ। दलको घोषणामा सामाजिक अभियन्ता खगेन्द्र सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन् । लामो समयदेखि सामाजिक न्याय, समावेशी अधिकार, नागरिक सरोकार र जनदबाबका मुद्दामा सक्रिय सुनारकै अग्रसरता र वैचारिक नेतृत्वमा यो दल अघि बढ्न लागेको बुझिएको छ ।