काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले यस्तो परमादेश जारी गरेको छ । मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेमा सोही बमोजिम हुने र विश्वास प्राप्त नगरे दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनको विकल्पमा जान आदेश गरिएको छ ।