काठमाडौँ । नेपाली कांग्रेसले १५औं महाधिवेशन पुस २६ देखि २८ सम्म गर्ने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले उक्त मितिमा महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशन मिति तय भएको जानकारी गराए । यो निर्णयसँगै लामो समय चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक आज सकिएको छ ।
यस्तो छ कार्यतालिका
विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते
गाउँरनगरपालिका अधिवेशन पुस १७ गते
प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते
एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते
सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते
केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते