धनगढी । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढी पुगेपछि युवाहरूको एउटा समूहले बिरोध प्रदर्शन गरेको छ । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि साथमा लिएर उनी धनगढी आएका हुन् ।
जेन- युवाहरूको एउटा समूह धनगढीको डिभोटी होटल आसपासको सडकमा प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो। उनीहरू धनगढी बजार क्षेत्रको सडकमा प्लेकार्डसहित बस्नेतविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।