काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)संग वाता गर्न उज्यालो नेपाल पार्टीले डा. तारा जोशीको संयोजकत्वमा एक संवाद समिति गठन गरेको छ।
र्खरै गठन भएको उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ। काठमाडौँ महानगरपालिकाका मेयर शाहको समर्थन रहने सन्देश पाएपछि शाहको समर्थन टुट्न नदिन, रास्वपा छोडेकी सुमना श्रेष्ठ र हामी नेपालका संयोजक सुदन गुरुङ लगायतलाई समेट्न डा.जोशीको संयोजकत्वमा तीन सदस्यीय संवाद समिति बनाएको हो ।
पार्टीले पूर्वऊर्जासचिव अनुकुमार उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति रहेको अद्यावधिक विवरण कात्तिक २५ गते निर्वाचन आयोगमा बुझाई सकेको छ । जसमा डडेल्धुराका प्रदेश सभा–२ का स्वतन्त्र सांसद डा.जोशी पनि आवद्ध भएका छन्। पार्टीले उनलाई वरियता क्रम–२ मा राखेको छ।