काठमाडौं । रेशमलाल चौधरी संरक्षक रहेको ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले बुधबार सो पार्टी दर्ताको प्रमाणपत्र दिएको हो ।
यसअघि पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका चौधरीले छुट्टै दल दर्ता गराएका हुन् । रेशम चौधरी संरक्षक रहने नयाँ पार्टीको अध्यक्ष कबीर सोप छन् । चौधरी, कबीर सोप लगायत प्रमाण पत्र बुझ्न आयोग पुगेका थिए ।