काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा.भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा उनी बुधबार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने पार्टी एकता वार्ता टोलीका सदस्य प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो साढे १ बजे राष्ट्रियसभा गृहमा 'वृहत् पार्टी समायोजन कार्यक्रम’को आयोजना गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सहसंयोजक माधवकुमार नेपाल लगायतले उनलाई पार्टीका स्वागत गर्नेछन् । बुधबारबाट रावत नेतृत्वको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने ज्वालाले जानकारी दिए ।