काठमाडौँ । नेकपा (माओवादी केन्द्र)सहितका वाम दलहरूसँगको एकता प्रक्रियामा सहभागी नहुने पक्षमा रहेका नेकपा (एकीकृत समाजवादी)को एक समूहले बुधबार पत्रकार सम्मेलन गर्दैछ । माधव कुमार नेपालसँग माओवादीसहितको एकतामा नगएका र घनश्याम भुसालसँग पार्टी पुनर्गठनमा समेत नलागेका केही नेताहरू एमालेमै फर्किने तयारीमा लागेका हुन्।
नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरूको समूहले बुधबार बिहान १० बजे बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्ने जनाइएको छ । नेताहरु किसान श्रेष्ठ, अम्बर बहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिना, अर्जुन राई लगायतका करिब १०० जना नेताहरुले एमालेमा फर्किएको घोषणा गर्ने तयारीमा छ ।