काठमाडौँ । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०५/३० को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन संवत् २०८२ साल भदौ ३१ गते मंगलबार राति १२:०० बजेदेखि अन्त्य गर्नुभएको छ’, प्रवक्ता प्रदीपकुमार कोइरालाको हस्ताक्षरमा राष्ट्रपति कार्यालयबाट जारी पत्रमा उल्लेख छ ।
अधिवेशन अन्त्यअघि मंगलबार प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको थियो ।
