काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी छोडेको घोषणा गर्दै नयाँ पार्टीको घोषणा समेत गरेका छन् ।
उनले नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति नेपाल पार्टी रहनेसमेत जनाएका छन् । उनले अब रेमश चौधरीको संगठन निर्माण अभियानमार्फत अघि बढ्ने समेत बताए । उनले जेन–जी पुस्ताको माग र भावनालाई समेट्दै अघि बढ्ने प्रण गर्दै नयाँ पार्टीमा जोडिन सबैमा आग्रह गरेका छन्।पछिल्लो समय संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद हुँदै आएको थियो ।