काठमाडौँ । चालु आर्थिक वर्षको एक महिनामा नेपाल प्रहरीले ६१ करोड रुपैयाँभन्दा बढी राजश्व दाखिला गरेको छ । विभिन्न शीर्षकमा सङ्कलन गरेर साउन महिनामा प्रहरीले ६१ करोड ९ लाख ५४ हजार ७४३ रुपैयाँ राजस्व दाखिला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हुण्डी कारोबार, अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध सुनचाँदी बरामद, अवैध मालसामान, अवैध पशुपंक्षीलगायतका शीर्षकमा उक्त रकम सङ्कलन गरेर राजश्व खातामा दाखिला गरेको हो ।
