काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कैलालीका एसपी बालनरसिंह राणालाई जिम्मेवारीबाट हटाएको छ। जिल्लामा शान्तिसुरक्षा कायम गर्न असफल भएको भन्दै उनलाई कारबाहीस्वरूप हटाइएको हो ।
उनी गत वैशाखमा कैलाली गएका थिए। पाँच महिनामै उनको सरुवा भएको छ। कैलाली कारागारमा भएको पछिल्लो झडप घटनापछि एसपी राणाको कार्यक्षमतामाथि प्रश्न उठेको थियो। कैलालीमा राणालाई हटाएर एसपी नरेन्द्र चन्दलाई पठाइएको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।
उक्त घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई साउन २८ गते नै केन्द्रमा तानिएको थियो । दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको थियो ।