काठमाडौं । पूर्वपत्नीलाई निर्घात कुटपिट गरेको गरेको आरोपमा एक इन्सपेक्टर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले इन्सपेक्टर दिनेश गुरुङलाई पक्राउ गरेर अनुसन्धानका लागि ५ दिनको म्याद पाएको छ ।
ललितपुर जिल्ला अदालतले मंगलबार गुरुङमाथि जबरजस्ती करणी र ज्यान मार्ने उद्योग अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपीले जानकारी दिए ।
उनले हात्तीवनमा रहेको डेरामा गएर पूर्वपत्नी शुभद्रा दाहालमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।