काठमाडौँ । रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सारिएका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । भारत भ्रमणबाट फर्कनेवित्तिकै लामिछानेलाई भेट्न कारागार पुगेका उपसभापति डिपी अर्यालले उनलाई केही स्वास्थ्य समस्या देखिएको बताएका हुन् ।
रुपन्देही करागारमा रहँदा घाममा निस्कन नपाएको कारण त्यस्तो भएको हुनसक्ने उपसभापति अर्यालको अनुमान छ । रुपन्देही करागारमा रहँदा लामिछाने कोठाबाट बाहिर निस्कन पाएका थिएनन् ।आफूहरु भेट्न जाँदा पनि अँध्यारो कोठामा बस्ने भएका कारण लामिछानेको स्किनमा खास फरक नदेखिएको र अहिले खुल्ला ठाउँमा भेट्दा परिवर्तन देखिएको अर्यालले बताए ।
उनले आज पहिलो पटक सभापति लामिछानेसँग बाहिर खुल्ला ठाउँमा भेट्न पाएको बताए । सो क्रममा उनले लामिछानेसँग समसामयिक विषयमा कुराकानी भएको छ ।