काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आज नयाँ अध्यक्ष चयन गर्ने भएको छ । हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।
सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डंगौराले आजको बैठकले नयाँ अध्यक्ष चयन गर्ने बताए ।
अध्यक्षमा लालवीर चौधरीको चर्चा व्यापक छ । लालवीर रेशम चौधरीका बुवा पनि हुन् । उनले स्वतन्त्रबाट चुनाव जितेका थिए । पार्टीमा उनलाई अभिभावकको भूमिकामा राखिएको छ । अध्यक्षका लागि विवाद देखिएको हुनाले अर्को महाधिवेशनसम्मका लागि लालवीरलाई अध्यक्ष बनाउने चर्चा पनि पार्टीमा छ ।