काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेको बताएका छन् । बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘‘अहिले आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेका छन् । चालू सोह्रौं योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दुरदृष्टि, लक्ष्य, र उद्देश्यहरु एलडिसी स्तरोन्नति पछिको अवस्थालाई आधारमानी तयार गरिएको छ’’, प्रधानमन्त्री ओलीले भने ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भएको हो । सो समितिले गत असार ५ गते प्रतिवेदन बनाई सदनमा पेस गरेको थियो ।