काठमाडौं । नेपाल प्रहरीका एक हजार ४४२ जना सहायक हवलदार हवलदारमा बढुवामा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिको बैठकले एक हजार ४४२ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।