काठमाडौं । नेपाल प्रहरीका चौध सय ९७ जना प्रहरी जवानहरु सहायक हवलदारमा बढुवा सिफारिस भएका छन् ।सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवलदारमा बढुवा सिफारिस गरेको हो ।
बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।