काठमाडौं। नेपाल प्रहरीले प्रहरी जवान पदमा १ हजार ८४२ जनाको नयाँ भर्तीका लागि आह्वान गरेको छ । मानवस्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो ।
यस अनुसार थप उम्मेदवारलाई प्रहरी सेवामा प्रवेशको बाटो खुलेको छ । थप गरिएको पद संख्या सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भएको पनि सूचनामा उल्लेख गरिएको छ ।
