काठमाडौं । नेपाली कांग्रेसले १५ असारमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति लगायतबारेमा छलफल हुने बताइएको छ ।बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।