काठमाडौँ । सत्तारुढ नेकपा एमालेमा ‘म झोले हो’ भन्ने पोष्टर ट्रेन्डिङ भएको छ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिएको ‘म झोले हो’ भन्ने अभिव्यक्तिलाई पोष्टर बनाउँदै एमाले नेता, कार्यकर्ताले समाजिक सञ्जालमा साझा गरिरहेका छन्।
यसको सुरुवात भने स्वयं ओलीले नै गरेका हुन्। सोमबार आफ्नो फेसबुकबाट ‘म झोले हो’ लेखिएको पोष्टर सार्वजनिक गर्दै उनले ‘सामूहिकतामा विश्वास राख्नेहरुलाई झोले भनेर लखेटिए पनि सत्य अँगाल्न नछोडौं’ भन्ने आग्रह गरेका छन्। ओलीले शनिबार एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै झोले हुनुमा आफूलाई गर्व लाग्ने बताएका थिए।