काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूमाथि अमानवीय व्यवहार गरिएको बताएका छन् । आइतबार ९जेठ १८० काठमाडौंमा प्रदर्शनक्रममा आफूहरूले निषेधित क्षेत्र र कानुन नतोडेको उनले उल्लेख गरेका छन् ।
“धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति,” थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ ।”
उनले कटाक्षपूर्ण रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद भनेका हुन् । आइतबार राजावादीको प्रदर्शनक्रममा काठमाडौंको नक्साल क्षेत्रबाट उनीसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । थापालाई आइतबारै बेलुका हिरासतमुक्त गरिएको थियो ।