काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दा खेपेका पत्रकार खेम भण्डारीलाई कन्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीबारको इजलासले मानसखण्ड दैनिककको सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो ।
कन्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले पत्रकार भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदको फैसला भएको बताए ।
उनका अनुसार पत्रकार भण्डारीलाई १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउने फैसला भएको छ ।निर्मला पन्त प्रकरणमा तथ्यहीन रुपमा आफूलाई जोड्दै सामाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
यता पत्रकार भण्डारीले सामाजिक संजाल मार्फत उक्त फैसलालाई सम्मान गर्दै माथिल्लो अदालमा जाने समेत बताएका छन् ।