काठमाडौँ । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध तीनकुने घटनासँग जोडेर अर्को अभियोग लगाइएको छ । पक्राउ परेको ४२ औँ दिनमा उनीविरुद्ध ‘आपराधिक उपद्रव’ को नयाँ कसूरसमेत लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
राप्रपाका महामन्त्री शरदराज पाठकले उनलाई नयाँ अभियोग लगाइएको भन्दै असन्तुष्टि पोखेका छन् । उनले यसमा केहीले हर्षित भएर काखी बजाएपनि राज्य सञ्चालकहरूले यस्तो निरङ्कुश अधिनायकवादी शासनको प्रतिफल सुखद नहुने चेतावनी दिएका छन् ।